याे हाे संसारकै सबैभन्दा महंगाे अण्डा

38

एजेन्सी । संसारभरका मानिसहरूले खानेकुरामा सबैभन्दा मन पराउनेमध्येको एक हो अण्डा । सामान्यतया अण्डाको मूल्य १५ देखि ३० रुपैयाँसम्म पर्छ तर आज हामी संसारका तीन यस्ता कृत्रिम अण्डा बारे चर्चा गर्दैछौं, जसको मूल्य अरबौं रुपैयाँ छ । एउटा सामान्य मान्छेले त्यो अण्डा किन्ने कल्पना पनि गर्न सक्दैन । अचम्म त के छ भने यी अण्डाहरु खान होइन सजाउनका लागि प्रयोग गरिन्छ । खान पनि नमिल्ने ती अण्डाहरु आखिर किन हुन्छन् मुल्यवान् ? आउनुहोस् जानौँ ।

१. रोथस्चाइल्ड फेबर्ज ईस्टर एग

रोथस्चाइल्ड फेबर्ज ईस्टर एगको मूल्य ९.६ मिलियन डलर अर्थात १ अर्ब २६ करोड ८५ लाख ९४ हजार १ सय १२ नेपाली रुपैयाँ पर्छ । सञ्चारमाध्यमकाअनुसार ईस्टर एगमा धेरै प्रकारका हीरा जोडिएको छ जुन धेरै नै आकर्षक छ । हीरा बाहेक, यो अण्डा सुनले पनि ढाकिएको छ।

२. मिराज इस्टर एग 

मिराज इस्टर एग विश्वको सबैभन्दा महँगो अण्डाको सूचीमा दोस्रो नम्बरमा छ, जसको मूल्य ८.४ मिलियन डलर अर्थात् नेपाली एक अर्ब दश करोडभन्दा बढी पर्न जान्छ। यो अण्डा १८ क्यारेट सुनबाट बनेको छ, जसमा एक हजार हीरा जोडिएका छन् । यो अण्डा हेर्दा ठुलो हीराले आफ्नो चमक फैलाएको जस्तो लाग्छ ।

No description available.

३. डायमण्ड स्टेला इस्टर एग्स

तेस्रो नम्बरमा डायमण्ड स्टेला इस्टर एग्स रहेको छ, जसको मूल्य नेपाली एक करोड ३१ लाख रुपैयाँभन्दा बढी पर्न जान्छ। यो अण्डा, लगभग ६५ सेन्टिमिटर लामो छ भने चकलेट जस्तो देखिन्छ। यो अण्डालाई हिरा र सुनको प्रयोग गरी बनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here