बच्चाहरुले झुट कुरा बोल्ने कसरी थाहा पाउने, कसरी सुधार्ने ?

280

एजेन्सी / यो सामान्य कुरा भइसकेको छ कि बच्चाहरु कुनै न कुनै विषयमा झुट बोल्छन् । सधैं साँचो बोल्छन् भन्ने बच्चाहरु पनि कुनै न कुनै समयमा झुट बोलिरहेका हुन्छन् । तर, यसरी बच्चाहरु झुट बोल्दा उनीहरुलाई थर्काउने होइन, सम्झाएर काम लिनु पर्ने हुन्छ । उनीहरुमा सुधार गर्न सक्ने हो भने उनीहरु पक्कै झुट नबोल्ने हुन्छन् । तर, के बिर्सनु हुँदैन भने बच्चाहरु झुट यत्तिकै बोल्दैनन्, कुन न कुनै कारणका कारण उनीहरु झुट बोल्छन् । कहिलेकांही तपाईंको एटेन्सन पाउनकै लागि पनि बच्चाहरु झुट बोलिरहेका हुनसक्छन् ।

त्यस बेला के गर्ने ? योबारे सोच्नु निकै महत्वपूर्ण छ । यदि तपाईंका बच्चाहरु झुट बोल्छन् भने यी कुराहरु मनन गर्नुहोस्ः

  • बच्चालाई साँचो कुरा बोल्न प्रेरित गर्नु आवश्यक छ । यसका लागि तपाईं कुनै कथाको परिकल्पना गरेर सुनाउन सक्नुहुन्छ वा घरकै अन्य कोही सदस्यको इमानदारीलाई सुनाउन सक्नुहुन्छ ।
  • जब बच्चाहरु साँचो कुरा बोल्छन्, उनीहरुलाई पुरस्कृत गर्नुहोस् । उसको तारिफ गर्न कन्जुस्याइँ नगर्नुहोस् । यसले बच्चाको व्यवहार बदल्न सहयोग गर्नेछ । हो, कहिलेकांही बच्चाले झुट बोल्यो भने उसलाई पिट्ने वा हप्काउने काम नगर्नुहोस्, उसलाई सम्झाउने प्रयास गर्नुहोस् र प्रेमसँग सम्झाउनुहोस् ।
  • यदि कुनै पनि बच्चाले झुट बोल्नका लागि कुनै मनगढन्ते कथा बनाएको छ भने त्यसलाई तारिफ गर्नुहोस् । किनकि यस्तो कथा बनाउने बानीले बच्चाको सिर्जनात्मक क्षमता बढिरहेको हुन्छ ।
  • बच्चालाई त्यस्तो अवस्थामा नराख्नुहोस् जसका कारण ऊ झुट बोलिरहेको छ । त्यस्ता परिस्थिति आउनबाट बच्चालाई जोगाउनुहोस् ।
  • बच्चाहरुलाई यस्ता किताब पढाउनुहोस्, यस्ता कथा सुनाउनुहोस् जसले गर्दा उसमा साँचो बोल्ने र इमानदार हुने बानी परोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here