ग्लोबल आइएमई बैंकको थप १७ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

188

काठमाडौं / ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिराहा जिल्लाको सिराहा नगरपालिका– १९ सन्हैठा चोक, कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका– १ रेगिल, पर्सा जिल्लाको पर्सागढी नगरपालिका– १ मनवा बजार, पर्वत जिल्लाको मोदी गाउँपालिका – ७ राम्जा ठाँटी, परासी जिल्लाको सुनवल नगरपालिका – ११ जर्गाहा, संखुवासभा जिल्लाको चैनपुर नगरपालिका – ११ लोहाकोट, पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिका – ५ वीरकोट, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका – १४ पराल्मी, मोरङ्ग जिल्लाको बेलबारी नगरपालिका – १० चाँदनी चोक एव्म बेलबारी नगरपालिका – ११ लक्ष्मीमार्ग, झापा जिल्लाको मेचीनगर नगरपालिका – २ भृकुटी चोक, तनहूँ जिल्लाको देबघाट गाउँपालिका– २ देबघाट, उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका – ९हडिया बजार, तनहूँ जिल्लाको व्यास नगरपालिका – ५ नेपालटार, चितवन जिल्लाको इच्छाकामना गाउँपालिका– ७ भालुमारे, चितवन जिल्लाकै कालिका नगरपालिका – ९ शक्तिखोर र गुल्मी जिल्लाको सत्यवती गाउँपालिका – ६ चोरकाटेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । यी १७ वटै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका छन् । थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १५५ पुगेको छ । यसका साथै बैंकले दमक शाखा, काठमाडौं, कपनको साततले र वीरगंज स्थित नारायणी सब रिजनल अस्पताल परिसरमा ए.टि.एम. सेवा पनि सञ्चालनमा ल्याएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन काउण्टर एवम् राजश्व संकलन काउण्टर, १४८ एटिएम तथा १५५ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here