जनकपुरमा ८ सिलिण्डर पड्कीदा होटलमा भीषण आगलागी

235

काठमाडौं- धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२, पदम चोकमा ठूलो बिस्फोट पछि गोविन्द मिष्ठान्न भण्डारबाट भीषण आगलागी सुरु भएको छ । अहिले आगलागी अन्य दुई पसलमा पनि फैलिएको छ ।

राति करिब २:४० मा आगलागी भएकपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट हुँदा ३ वटा होटल जलेका हुन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालका अनुसार प्रारम्भिक अनुसन्धानले फ्रिजको तार सर्ट भएर आगलागी सुरु भएको हुनसक्ने देखिएको छ ।

‘आगलागी भएको थाहा पाउनासाथ  कामदारले प्रहरीलाई खबर गरेका थिए’, खनालले भने, ‘खबर पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो ।’

उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकलको सहयोगमा बिहीबार बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको खनालले जनाए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here