पौडेलको हत्याबारे बुझ्न इन्सेक र मानवअधिकार संस्थाका प्रतिनिधि सर्लाहीमा

140

काठमाडौ, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको असार ५ गते प्रहरी कारबाहीमा मृत्यु भएको घटनाको सत्यतथ्य बुझ्न एक टोली सर्लाही प्रस्थान गरेको छ ।

इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवानको नेतृत्वमा मानव अधिकार संस्थाका प्रतिनिधि सम्मिलित टोली असार ६ गते घटनास्थल प्रस्थान गरेको हो ।

लालबन्दी नगरपालिका १ मा रहेको जङ्गलमा दुई ओटा मोटरसाइकलमा रहेका चार जना व्यक्तिले गस्तीमा रहेको प्रहरीमाथि गोली चलाएपछि जबाफी फायर गर्दा पौडलेको मृत्यु भएको र अन्य तीन जना फरार भएको प्रहरीले जनाएको थियो ।

टोलीले विभिन्न माध्यमबाट सङ्कलन गरेको विवरणका आधारमा तयार पारिएको प्रतिवेदन केही समयभित्र सार्वजनिक गरिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here