पर्सा / नक्कली सवारी चालक अनुमतीपत्र स्मार्ट कार्ड बनाउने कार्यमा संलग्न वीरगंज महानगरपालिका-१४ पिपरा बस्ने २८ वर्षीय सन्तोष राउत कुर्मीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले कुर्मीलाई नक्कली सवारी चालक अनुमतीपत्र स्मार्ट कार्ड १ थान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















