नुवाकोट- नुवाकोट जिल्लाको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । गए राति मेयर सञ्जु पण्डितको विदुर –९ स्थित घरमा प्रेस कुकर बम भेटिएको हो ।
विप्लव नेतृत्वको (नेकपा)ले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा विप्लवका कार्यकर्ताले घरमा प्रेसर कुकर बम राखेको अुनमान गरिएको छ । बमका कारण मेयरको घर आसपासका समूदाय रातभर आतंकित भएका थिए ।
अहिले बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिए ।


















