अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु

59

अछाम- अछामको चौरपाटी गाउँपालिका २ मूलीगाउँमा बुधबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

बालुवा लिन सेती नदीतर्फ गइरहेको से १ त ७८३९ नम्बरको ट्रयाक्टर सडकको ढु‌गामा ठोक्किएर पल्टिएको हो।

चौरपाटी गाउँपालिका २ का दशपल्ले माविबाट यो वर्ष एसईई परीक्षा दिएका रमेश साउद, कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउदको मृत्यु भएको शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए।

ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here