काठमाडौं / नेपालको मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपमा कुनै पनि खेल जित्न नसकी यात्रा समाप्त गरेको छ ।
शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङले बुधबार सातदोबाटोमा भएको खेलमा भारतको चेन्नइयिन एफसीसँग पराजित भएसँगै जित विहीन बनेको हो । अन्तिम खेलमा मनाङ चेन्नइयिनसँग ३–२ गोलअन्तरले पराजित भएको हो ।
मनाङलाई आफ्नो घरेलु मैदानमा अन्तिम खेलमा जित हात पार्ने राम्रो अवसर थियो तर त्यसको सदुपयोग गर्न सकेन । पहिलो हाफमा गोलरहित बराबरी खेलेको मनाङले दोस्रो हाफमा तीन गोल खादा दुई गोल फर्काउन सफल भयो । खेलको ५३ मिनेटमा चेन्नइयिनका मोहम्मद रफीले पहिलो गोल गरेको थिए । ६६औं मिनेटमा इली सबियाले दोस्रो गोल गरेका थिए । तर मनाङका लागि अफिज ओलावालेले खेलको ७१ र ७९ औं मिनेटमा गोल गर्दै खेल २–२ गोलको बराबरी गरेका थिए । यो अग्रता मनाङले जोगाई राख्न सफल भएन । ८८औं मिनेटमा मोहम्मद रफीले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ गोलको जित दिलाए । समूह ‘ई’ मा रहेको मनाङले ६ खेलबाट चार खेलमा हार ब्यहोर्दा दुई खेलमा बराबरी खेल्दै दुई अंक बनाएर एएफसी कप टुंग्याएको हो ।


















