काठमाडौं / राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता नभएको जनाए । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाईस्वीकृत गरेको छ । प्रस्तुत गरेको उक्त विधेयकलाई बहुमतले स्वीकृत गरेको हो ।
बैठकमा नेपाली काँग्रेसका सांसदले प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको भन्दै उठाएको प्रश्नको जवाफमा अर्थमन्त्रीले सो अभिव्यक्ति दिएका हुन् । उनले भने– ‘ सो कार्यक्रममा कुनै अनियमितता भएको छैन । आगामी दिनमा झन् प्रभावकारी रुपमा अगाडि बढ्छ । कुनै दुविधा नराख्नुस् ।’ सो कार्यक्रमको ध्येय सार्वजनिक निर्माणमा श्रम गर्न चाहने श्रमिकले काम पाऊन् भन्ने रहेको उल्लेख गर्दै उनले ७५३ वटै स्थानीय तहमा प्रभावकारी रुपमा नै यो अगाडि बढ्ने जनाए ।


















