एजेन्सी / संसारका कतिपय देशले कहिलेकाहीँ यस्ता नियम कानून लागू गर्दछन् कि भोग्नेलाई भन्दा सुन्नेलाई नै अप्ठेरो लाग्दछ । भारतको उत्तराखण्ड राज्यमा हालै यस्तै एउटा कानून तयार गरिएको छ । उत्तराखण्ड विधानसभाले बुधबार एउटा विधान पारित गरेको छ । उक्त कानून अनुसार अब दुईभन्दा धेरै सन्तान हुने महिला पुरुषहरु स्थानीय पञ्चायतको चुनावमा उम्मेदवार हुन पाउने छैनन् ।
उत्तराखण्ड पञ्चायत राज अधिनियम २०१६ मा संशोधन गर्दै यस्तो प्रावधान राखिएको हो । विपक्षी दलहरुको विरोध तथा उग्र व्यवहारबीच ध्वनि मतबाट विधानसभाले उक्त संशोधन पारित गरेको हो । यस वर्षको अन्तिममा हुने पञ्चायत चुनावअघि राज्यपालबाट उक्त विधयेक स्वीकृत भएपछि लागू हुनेछ ।
संसदीय कार्यमन्त्रीका अनुसार परिवार �



