पाँच भारतीय नागरिकका नाममा जारी नेपाली नागरिकता रद्द

192

काठमाडौ, सरकारले झुठो विवरा पेश गरी नेपाली नागरिकता लिएका पाँच भारतीय नागरिकका नाममा जारी नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले यसको जानकारी दिएका हुन् । भारतीयलाई नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूलाई पनि कानुन बमोजिम कारबाही गर्ने निर्णय गरिएको छ । नक्कली नागरिकता लिने भारतीयमा सप्तरी जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह, धनुषा जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिकद्वय धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर, रौतहट जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिकद्वय जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनि चिनिने कृपाली सिंह रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here