काठमाडौं / भक्तपुरमा एक महिलाको हत्या भएको छ । चाँगुनारायण नगरपालिका-७ बाँसघारीमा डेरा गरेर बस्दै आएकी सिन्धुपाल्चोककी ६० वर्षीया साबित्री भट्टराईको आइतबार दिउँसो हत्या भएको छ । मोटर साइकलमा आएका दुई, तीनजना युवाले वृद्धाको हत्या गरेर फरार भएको छ । उक्त घटनाको जानकारी पाएलगत्तै प्रहरी त्यहाँ पुगेको थियो। जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी प्रवक्ता तथा डीएसपी रेवतीरेमण पोखरेलले डेरामै वृद्धाको शव भेटिएको जानकारी दिए। ‘आफ्नै डेरामा वृद्धाको शव भेटिएको छु, उनका अनुसार, ‘घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ। यस बारे अनुसन्धान गरिरहेको छौँ।’ उनले अहिले तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान तीव्र पारिएको जानकारी दिए।


















