सातै प्रदेशको मौलितका झल्कने भिसा कार्ड

185

काठमाडौं / लक्ष्मी बैंकले ७ प्रदेशका लागि सुहाउँदो भिसा कार्ड डिजाइनको खोजी गर्न क्राउड सोर्सिङको प्रकिृयाद्वारा देशभर खुल्ला प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगिताको मुल उद्देश्य सातै प्रदेशका मौलिक कला, संस्कृती र विषेशता झल्किने र त्यसको परिचय दिने डिजाइनको खोजी हो साथै यस् प्रतियोगिताले ग्राहकहरुलाई उत्कृष्ट ब्राण्ड एक्स्पेरियन्स् समेत प्रदान गराउने लक्ष्य बैंकको छ ।

डिजाइनमा मौलिक, अद्वितीय एवं कपिराइट उल्लंघन नभएको हुनुपर्ने छ । प्रस्तुत प्रतियोगितामा नेपाली नागरिक वा कानूनी रुपमा नेपालमा दर्ता भएको कम्पनीले सहभागि लिन सक्नेछन् । कार्ड डिजाइन गर्दा प्रदेशको मौलिककला, सँस्कृति वा प्राकृतिक सुन्दरता झल्किएको हुनुपर्ने छ । कन्सेप्ट फोटो, पेन्टिङ वा ग्राफिक इलसट्रेशन मार्फत पेश गर्न सकिनेछ । प्रत्येक विजयी कन्सेप्टले नगद पुरस्कार स्वरुप ५० हजार प्राप्तगर्न सक्ने छन् । यसरी ७ प्रदेशको लागि कूल नगद पुरस्कार ३ लाख ५० हजार प्रदान गरिने बैंकले जनाएको छ । विजेताको घोषणा गर्ने अन्तिम निर्णय लक्ष्मी बैंकले गरिनेछ छनौट भएमा उक्त डिजाइनको सर्वाधिकार बैंकमा निहीत हुने छ । प्राप्त डिजाइनहरु बैंकले आफ्नो अवश्यकता बमोजिम कुनै पनि वेला प्रयोग गर्न समेत सक्नेछ । प्रतियोगीहरुले आफ्नो डिजाइन जुलाई महिनाको ३१ तारिख सम्ममा बुझाइ सक्नु पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here