त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालन हुने

97

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा आउने भएको छ।

विगत तीन महिनादेखि दैनिक १० घण्टामात्रै सञ्चालनमा आएको विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा आउने जनाइएको छ ।

४० वर्षपछि पहिलो पटक धावनमार्ग मर्मत गर्नका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिएको थियो।

चिनियाँ निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त धावनमार्ग कालोपत्रेको काम तोकिएकै समयभित्र सकिएकोले अब विमानस्थल बिहान ६ बजेदेखि अर्को बिहान ३ बजेसम्म दैनिक सञ्चालनमा आउने छ।

नयाँ कालोपत्र गरिएपछि अबको १० वर्षका लागि विमानस्थलमा विमान उडान र अवतरणमा आउने समस्या अन्त्य हुने त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षत्रीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here