ठूला बैंकहरु मर्जरमा जान राजी

456

काठमाडौं– नेपाल राष्ट्र बैंकको बैंकिङ नीति अनुरुप बैंकहरु मर्जरमा जान राजी भएका छन् ।

मंगलबार बसेको बैंकहरुको छाता संगठन बैंकर्स संघको बैठकले राष्ट्र बैंकको नीति अनुरुपनै मर्जरमा जाने निर्णय गरेको हो ।

बैठकले बैंकको संख्या घटाउने राष्ट्र बैंकको नीतिलाई समर्थन गर्दै बिहीबारसम्म सबै बैंकले मर्जर समिति गठन गरेर राष्ट्र बैंकलाई जानकारी गराउने निर्णय गरेको छ ।

यसबीचमा कुन बैंक र कसको कोसँग छलफल भइरहेको छ भन्ने जानकारी दिन समेत संघले सहमति गरेको छ ।

अब छिट्टै सहमति गरि बैंक मर्जरमा अघि बढ्ने बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले जानकारी दिएका छन् । यसै अबसरमा संघले तत्काललाई मर्जर समिति समेत बनाएको जनाएको छ ।

गत बिहीबार राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय कम्पनीका अध्यक्ष र कार्यकारी निर्देशक(सिईओ)लाई डाकी असार १९ गते सम्ममा ठोस निर्णय सहित पार्टनर खोजिसक्न निर्देशन दिएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here