हाँस्य कलाकार पौडेलद्धारा ‘लक्का जवान’ निर्देशन

262

काठमाडौं / हाँस्यकलाकार शिवहरी पौडेलले पनि फिल्म निर्देशन गर्ने भएका छन् । ‘लक्का जवान’ नामक चलचित्रबाट उनी ठूलो पर्दाको निर्देशक पाइला राख्न लागेका हुन् ।  हालैमात्र राजधानीमा कलाकार किरण केसीको जन्मदिनको अवसर पारेर आयोजित एक कार्यक्रममा ‘लक्का जवान’ निर्माण घोषणा गरिएको हो । ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने फिल्ममा सह निर्माताको रुपमा किरण र अभिनेता दीलिप रायमाझी रहेका छन् ।

चलचित्रमा अभिनेता दीलिप रायमाझीको छोरी दिव्या अभिनेत्रीको रुपमा डेब्यु गर्ने चर्चा छ । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा।लिको ब्यानरमा निर्माण हुने चलचित्र पारिवारिक तथा कमेडी कथामा निर्माण हुने शिवहरीले जानकारी दिए ।चलचित्रको कलाकार र प्राबिधिक पक्षको अहिले छनौट भइरहेको शिवहरीको धारणा रहेको छ । ‘प्वाक्क मुखमा हान्नु जस्तो’ संवादले चर्चित शिवहरी चलचित्रको छायाँकन पनि छिट्टै गर्ने आफ्नो कोसिर रहने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here