सरकारका मनपरी कामले जनता असन्तुष्ट : माधव नेपाल

111

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारका काम अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

पूर्व सांसद मञ्च नेपालको १९ औँ साधरण सभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले पुर्वाधारबिनाका योजना घोषणा, मनपरी नियुक्ति र अवकास लगायत क्रियाकलावले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गएको जनाए।

उनले न्यूनतम पूर्वाधारबिना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या सिर्जना भएको टिप्पणी गरे। नेपालले नेतृत्वले सधै विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने जनाए।

कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छु, नेता नेपालले भने, ‘व्यवहारले सही सावित गर्यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्दछ। व्यवहारले ठीक ढंगले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिमार्जित गर्नुपर्ने आवश्यकता पर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here