५९ केजी ९ सय ३४ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित पक्राउ

204

मोरङ / विराटनगर महानगरपालिका-१२ स्थित रोडशेष चोकबाट ५९ केजी ९ सय ३४ ग्राम चाँदी जस्तो देखिने सेतो धातुको टुक्राहरु सहित भारत जोगबनी-१६ बस्ने २४ वर्षीय गौरव कुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोटङबाट खटिएको प्रहरीले बिआर ११ एके १७९१ नम्बरको कार जाँच गर्ने क्रममा कारको सिटमुनि प्लाष्टिक तथा कार्टुन टेपले बेरिएको अवस्थामा लुकाई छिपाई राखेको उक्त परिमाणको चाँदी जस्तो देखिने सेतो धातुको टुक्राहरु फेला पारी चालक साहलाई पक्राउ गरेको हो ।

पक्राउ साहलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here