जनकपुर / माधव नेपाल प्रधानमन्त्री रहेका बेला भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री रहेका सञ्जय साह ‘टकला’ लाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।
बमकाण्ड र व्यक्ति हत्याको दुई आरोपमा उनलाई यस्तो सजाय सुनाइएको हो । जनकपुरका सञ्चार उद्यमी अरुण सिङ्हानीया हत्याकाण्डका आरोपी साहलाई जिल्ला अदालत धनुषाका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मुद्दाको सुनवाई गर्दै पूर्वसांसद साहसहित दुई जनालाई जन्मकैदको फैसला सुनाएको हो। यसअघि अदालतले पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम काण्डमा साहलाई जन्मकैदको सजाय सुनाएको थियो। सिङ्हानीया हत्याको करीब १० वर्षपछि गत १४ जेठदेखि जिल्ला अदालत धनुषामा सुनवाई शुरु भएको थियो।
साह अहिले ललितपुरको नख्खु कारागारमा छन्।


















