दीपक मनाङ्गे नेकपा प्रवेश

101

काठमाडौं– गण्डकी प्रदेश सांसद दीपक मनाङे नेकपा प्रवेश गरेका छन् ।

उनलाई बिहीबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले पार्टी प्रवेश गराएका हुन् ।

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् ।

उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here