एक सय ५० किलो गाँजासहित दुई पक्राउ

127

माेरङ । सुनसरीमा प्रहरीले एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । बराह क्षेत्र  नगरपालिका वडा नम्बर ८ चतराबाट भूपेन राय र अमिर लिम्बु पक्राउ परेका प्रहरीले जनाएको छ ।

एउटा कार र एउटा मोटरसाइकलमा राखेर ओसारपसार गरिरहेका बेला गाँजासहित उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट एउटा नक्कली पेस्तोल पनि फेला परेको छ ।

जाँचका क्रममा दुई जना भागेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here