समाजवादी पार्टीका पूर्वमन्त्री धमलासहित नेता, कार्यकर्ता नेकपामा प्रवेश

197

काठमाडौं– संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै पूर्वमन्त्री कल्पना धमला तत्कालीन नयाँ शक्तिलाई छाडेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् ।

धमलासँगै, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत ठमेलका केही व्यवसायी र गोरखाका नेता तथा कार्यकर्तासहित नयाँ शक्तिका केही शीर्ष नेताहरु नेकपामा प्रवेश गरेका हुन् ।

धुम्बराहीस्थित नेकपा पार्टी कार्यालयमा औपचारिक कार्यक्रमबीच धमलासहित नेताहरुलाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here