आईसीसी विश्वकपमा भारतले श्रीलंकालाई हरायो

104

एजेन्सी / आईसीसी विश्वकपमा अन्तर्गत गएराति भएको खेलमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा २६४ रन बनाएको थियो ।

भारतले उक्त लक्ष्य ४३.३ ओभरमै भेट्टाउँदै जीत हासिल गर्‍यो । भारतका लागि रोहित शर्मा र केएल राहुलले १८९ रनको ओपनिङ साझेदारी गरे । साथै दुवैले शतक बनाए । त्यस्तै कप्तान विराट कोहलीले नटआउट ३४ रन बनाए । रोहित शर्माले यस विश्वकपमा पाँचौं शतक प्रहार गरे । विश्वकपको एउटै श्रृंखलामा पाँच वटा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् । यसअघि २०१५ मा कुमार संगाकाराले चार शतक प्रहार गरेका थिए । रोहित शर्माले कुमार संगाकाराको कीर्तिमान भंग गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here