विषादी परीक्षण गर्ने निर्णयबाट सरकारपछि हटेको भन्दै नेविसंघको विरोध प्रर्दशन

96

काठमाडौं / नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । भारत र तेस्रो मुलुकबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकारपछि हटेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।

भारतीय दबावमा विषादी परीक्षण रोकेको भन्दै नेविसंले सरकार जनताको पक्षमा टिक्न नसकेको आरोप लगाएको छ । र्‍यालीसहितको प्रदर्शनमा नेविसंघले ‘जनतालाई विष खुवाउन पाइँदैन’ लगायतका नारा लगाएको थियो । र्‍याली बाल्मिकी क्याम्पसबाट सुरु भइ पुतली सडक चोकमा पुगेर समापन भएको थियो । र्‍यालीमा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले लगायतका नेता कार्यकर्ताहरु सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here