हत्या गरी फरार रहेका ‘सिरियल किलर’ मुसलमान प्रहरीको फन्दामा

446

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २०६३ देखि २०७४ सालसम्ममा सात जनाको हत्या गरी फरार रहेका ‘सिरियल किलर’ नसिम मुसलमान ‘बादशाह’ प्रहरीको फन्दामा परेको छ । चार वर्षीय बालक मोहम्मद रहमानसहित सात जनाको हत्यामा संलग्न रहेका उनलाई सीआईबीले शनिबार राजधानीबाट पक्राउ गर्न सफल भयो ।

सीआईबीका एसपी एवं प्रवक्ता दीपक रेग्मीले बालकको अपहरणपछि हत्या गरेको सहितका सात घटनामा उनको संलग्नता रहेको र प्रहरीको खोजीमा रहेका उनलाई सीआईबीले सिनामंगलबाट पक्राउ गरेको जनाए । ‘उनीविरुद्ध बालक अपहरणपछि हत्या गरेकोसहित सात जनाको हत्या अभियोग छ,’ सीआईबी प्रवक्ता रेग्मीले सुनाए । पछिल्लो समय भारत अलिगढवामा बस्दै आएका ‘बादशाह’ नेपाल आउजाउ गर्ने गरेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा उनलाई एसपी दीपक केसीको टोलीले पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here