गृहमन्त्रीको दाबी: कुमार पौडेल दोहोरो भिडन्तमै मारिएका हुन्

74

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादललेनेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)का नेता कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नै भएको दाबी गरेका छन् । गृह मन्त्रालयले बनाएको छानविन समितिले दिएको प्रतिवेदनले पनि त्यही देखाएको उनले जनाए ।

मंगलबार संसदमा कांग्रेसले कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै सरकारको धारणा माग गरेका थिए । जवाफमा गृहमन्त्री बादलले भने गस्तीमा रहेको प्रहरी टोली र विप्लवका कार्यकर्ताको जम्काभेटका क्रममा कुमार पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको र कुमार पौडेलले पनि फायरिङ गरेको उनको दाबी छ ।

पौडेलले मिस फायरिङ गरेको र प्रहरीको जवाफी कारबाहीका क्रममा उनको मृत्यु भएको गृहमन्त्रीको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here