काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।
बैठकमा सहभागी हुन सबैजसो मन्त्रीहरु सिंहदरबार पुगिसकेका छन्। प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद्को बैठकका एजेण्डाहरु गोप्य राखिएको भए पनि भारतबाट तरकारीको विषादी परीक्षणबारे उठेका विषयमा छलफल गर्न लागिएको स्रोतले जनाएको छ।
विभिन्न मन्त्रालयसँग सरोकार राख्ने विषादी परीक्षणको विषयमा मन्त्रीहरुका समेत फरक फरक धारणा सार्वजनिक भएको, संसद र संसदीय समितिमा चर्कोरुपमा सरकारमाथि प्रश्नहरु उठाइएको जस्ता विषयले प्रधानमन्त्रीले मन्त्रीहरुलाई बोलाएर छलफल बाध्य बनाएको बुझिएको छ।
















