समुदाय-प्रहरी साझेदारी अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न

159

चितवन / भरतपुर महानगरपालिका-२१ पार्बतीपुरस्थित सत्कार पार्टी प्यालेसमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय गितानगर र भरतपुर महानगरपालिका-२१ को संयुक्त आयोजनामा संचालन भएको उक्त सचेतना कार्यक्रममा लागूऔषध दुर्व्यसनी, बालबिबाह, जबरजस्ती करणी एवं घरेलुहिंसा लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष चित्रसेन अधिकारी, प्याराडाईज ईङलिस स्कुल, कालिका निमाबि र सनलाईट ईङलिस स्कुल पार्बतीपुरका शिक्षक/शिक्षिका तथा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरु, स्थानिय जनप्रतिनिधीहरु तथा समाजसेवीहरुको समेत सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here