दूतावासले लेखेको पत्र गोप्य राख्नेमाथि कारवाही हुन्छ: प्रधानमन्त्री ओली

166

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भरतीय दूतावासले लेखेको पत्र गोप्य राख्नेमाथि कारवाही गर्ने जनाएका छन् । प्रधानमन्त्री ओलीले क–कसलाई कारवाही गर्ने भन्ने नखुलाएपनि त्यसवारे आफूले सोधीखोजी गरिरहेको जनाए ।

बिहीबार काठमाडौमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘दूतावासको पत्र आएको रहेछ । मलाई केही जानकारी भएन, दिइएन ।’ प्रधानमन्त्री ओलीले थाहा नभएको कुरामा पत्र आएको छ भनेर भन्न नसक्ने भन्दै पत्रबारे थाहा नभएपछि आफूले सत्य कुरा गर्दा पनि ‘झूट’ भएको जनाए ।

‘पत्र आएर पनि मलाई झूट बोल्न लगाइयो । भुलचुक र नियतबस के हो ? त्यो म बुझ्दैछु । खोज्दैछु । त्यसपछि के गर्नुपर्ने हो गर्न तयार छु’, प्रधानमन्त्री ओलीको भनाई छ ।

भारतीय दूतावासले पत्र नै पठाएर नाकामा विषादी परीक्षण गर्ने निर्णयवाट सरकार पछि हट्न लागेको समाचार आएपछि प्रधानमन्त्री ओलीले त्यसको खण्डन गर्दै ‘कहाँ छ पत्र ? कसले पठायो पत्र ?’ भन्दै प्रतिवाद गरेका थिए प्रधानमन्त्री यस्तो जनाएको २ दिनपछि दूतावासको पत्र सार्वजनिक भएको थियो । भारतीय दूतावासले परराष्ट्रमन्त्रालय हुँदै उक्त पत्र बाणिजय मन्त्रालयमा पठाएको थियो ।

यसैवीच सरकार संघीयताविरोधी भनेर भ्रम फैलाइएकोमा पनि प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए । ‘हामी संघीयता कार्यान्वयनका सवालमा भ्रममा छौँ । सरकार संघीयता कार्यान्वयनमा दृढ संकल्पित छ । शंका गनुैपर्दैन,’ प्रधानमन्त्री ओलीको भनाई छ ।

उनले संघीयता कार्यान्वयनमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारले आ–आफ्नो भूमिका रहेको र निभाउनुपर्ने भन्दै त्यसैअनुसार अघि बढ्न निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here