पानीपुरी खानु स्वास्थ्यको लागी हानिकारक हो ? वास्तविकता जान्नुस्

199

काठमाडौं /  अहिले पानीपुरी पुरुष ,महिला , बच्चा ,वृद्धा सबै उमेर समूहको प्रिय खानेकुरा हो । पानीपुरी विशेषत धेरै भारतमा खाइन्छ र सुरुवात पनि त्यहीबाटै भएको भनिन्छ । यसलाई भारतमा गोलगप्पे भन्दछन् । पानीपुरी मानिसहरुले ठाँउ अनुसार फरक फरक किसिमको बनाउछन् ।

के पानीपुरी खानु स्वास्थ्यको लागी हानिकारक हो रु यदि पानीपुरीले स्वस्थ्यकर ढङगले बनाउने हो भने स्वास्थ्यमा केही असर गर्दैन् ।

किनभने त्यसमा मिसाइने सामग्री र बनाउने तरिकामा भर पर्छ । यदि पानीपुरी बनाउदा अस्वस्थ्यकर खानेकुरा मिसाइएको छ भने स्वास्थ्यमा खराब असर परी ज्यानै समेत जाने खतरा हुन्छ ।

नेपालमा पछिल्लो समय गरेको अनुसन्धानमा पानीपुरीमा विभिन्न अस्वस्थ्कर खानेकुरा मिसाएको पत्ता लागेको छ । त्यसैले पाननीपुरी खान प्रतिबन्ध समेत लगाएको थियो ।

किनभने पानीपुरीमा हानिकारक पदार्थहरु खानतेल जस्तो देखिने अखाद्य तेल मिसाएको , मोविल जस्तो देखिने पदार्थ मिसाइएको र आलु पनि अस्वस्थ्कर भेटिएकोले स्वास्थ्यको लागी हानिकारक मानिन्छ ।

त्यसैले केही महिना अगाडि सुर्खेतको भेरीगंगा नगरपालिका, रामघाटको सिन्चुमा चटपटे र पानीपुरी खाँदा ४३ जना बिरामी परेका थिए ।तर यदि घरयासी चिजहरु मिसाएर सफा गरेर खाएमा स्वास्थ्यमा कुनै हानि गर्दैन ।

तर हालै प्रकासित एक खबर अनुसार पानीपुरीको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्नसक्ने बताएको छ । किनभने पानीपुरी बनाउने र बेच्ने बेलामा लापरवाही भएकाले यसमा मिसाइएको कृतिम रंग ,अखाद्य पदार्थ र सडगलेका खानेकुराले आन्द्राको लागि हानिकारक हुने जनाएको छ । जसले कलेजोलाई समेत गम्भिर असर पुयाउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here