भारतीय क्रिकेटरको मृत्यु

86

एजेन्सी / दक्षिणी कस्मिरमा खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार अनन्तनाग जिल्लामा एक प्रतियोगिता खेलिरहेका थिए । उनले सुरक्षा उपकरण पनि पहिरिएका थिए ।

बिहीबार गर्धनमा बल लागेपछि बेहोस भएका वारलाई तुरुन्त अस्पताल लगियो । अस्पतालले उनलाई तत्काल मृत घोषित गर्यो । समाचार एजेन्सी एएनआइका अनुसार जम्मु–कस्मिरका राज्यपाल सत्यपाल मल्लिकले क्रिकेटर वारको मृत्युप्रति दुःख व्यक्त गर्दै उनको परिवारलाई पाँच लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here