यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लियो, उडान–अवतरण अवरुद्ध

206

काठमाडौं– नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । सबै यात्रुलाई सकुशल बाहिर निकालिएको  र २ जनालाई चाहिँ उपचारको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ ।

विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानको उडान–अवतरण दुवै अवरुद्ध बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here