बिहार डुब्न थालेपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

89

काठमाडौं- अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शनिबार साँझ कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ४५ हजार ५०० क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको छ ।

स्थानीय प्रशासनले भने पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।

अहिले ५६ मध्ये ४१ ढोका खोलिएको छ । पूर्वी र पश्तिमी किनाल नहर पनि खुला गरिएको छ । सप्तरीतर्फ पानीको चाप बढेको अधिकारीहरुले जनाएका छन् ।

तर बिहार जलमग्न भएकत्त भन्दै भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले जनाए ।

यसैबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की सहितको टोलीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here