काठमाडौं / अबिरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ५० पुगेको छ ।
प्रहरी प्रधान कार्यालयले साढे १२ बजे अपडेट गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २२ महिला र २८ पुरुषको ज्यान गएको छ ।
प्रहरी प्रधान कार्यालयकाअनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३३ जना बेपत्ता भएका छन्। हालसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ ।





















