सुनसरी- पानीको बहाबले पुललाई नै खतरा भएपछि कोशी व्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको छ।
शनिबार राति साढे १० बजे भारतले सबै ढोका खुल्ला गरेको कोशी ब्यारेज स्थित प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक इश्वरी दाहालले जानकारी दिए।
आइतबार बिहान ६ बजेको मापन अनुसार पानीकोवहाव ३ लाख १६ हजार क्यूसेक पुगेको छ। पानी निरनतर परिरहेकाले कोशीको जलस्तर बढ्दोक्रममा रहेको दाहालले जनाए। भारतीय पक्षले ५६ वटै ढोका खोलेको यो पहिलो पटक भएको जनाइएको छ।
पानीको बहाब उच्च भएपछि ब्यारेजका सबै ढोका खोलेको सुनसरी प्रहरीले जनाएको छ। सप्तकोशीमा पानीको बहाब खतराको चरणमा प्रवेश गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। सप्तकोशीमा एक लाख ५० हजार क्यूसेक बहाब पुग्दा नै खतरा मानिन्छ।


















