नेकपाको एकता प्रक्रिया टुंगियो, औपचारिक घोषणा साउन ५ गते

72

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच साउन ५ गते सचिवालय बैठक बसेर एकता प्रकृया टुंगो लागेको औपचारीक घोषणा गर्ने निर्णय भएको छ।

मंगलबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा विशेष प्रदेश, केन्द्रीय आयोग, विभाग, सल्लाहाकार परिषद् लगायतका सबै विषयमा सहमति जुटेको नेकपा स्रोतले जनाएको छ।

अध्यक्षद्वयबीच भएको छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here