अर्को वर्षको वर्षा नआउँदै दीर्घकालीन समाधान खोजी हालौं

196

– राज्यलक्ष्मी शाक्य

प्रकृतिको परिवर्तन तथा मौसम परिवर्तनलाई कसैले रोकेर रोक्न सक्दैन । अहिले हरेक दिन सञ्चारमाध्यममा बाढी पहिरोको समाचार आउने गरेका छन् । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको खबर आएको छ । बेपत्ता कति छन् त्यसको यकिन तथ्यांक आउन सकेको छैन । बाढी पहिरोको प्रकोपबाट धनजनको क्षति हुने क्रम बढ्दै गएको छ । दिनहुँ बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । मनसुन सुरुभएसँगै अविरल वर्षाका कारण नेपालका धेरै भू–भाग जलमग्न बनेका छन् । बाढी पहिरोकै कारण काठमाडौंसहित देशभर आतंक मच्चिएको छ । बाढी, पहिरो र डुबानका कारण लाखौं नागरिक घरबार बिहिन हुनु परेको अवस्था छ । नेपाली जनताको दुर्भाग्य भनौं कि के भनौं प्राकृतिक विपत्तिको सबैभन्दा कष्टकर परिणाम नेपाली जनताले नै भोग्नु परिरहेको छ । केही महिना अघि मात्रै बारा पर्सामा कहालीलाग्दो आधिँ आतंक भएको थियो । स्थानीयवासी जनता कहिल्यै नदेखिएको विपत्तिमा परेको घटनाले नेपालीहरूको दुर्भाग्य नै भन्नुपर्छ प्राकृतिक विपत्ति पनि । भूकम्पले नेपालीलाई नै सताउने, बाढीले नेपालीलाई नै सताउने, आँधीहुरीले नेपालीलाई नै सताउने, बस दुर्घटना पनि नेपालीकै लागि दूर्भाग्य बन्ने, विमान दुर्घटना पनि नेपालकै आकासमा भइरहने । कस्तो दूर्भाग्य हो ?

देशमा मौसम परिवर्तन हुनु प्राकृतिक प्रकोप आउनु कहिले वर्षा त कहिले हावाहुरी आउनुकोे कारण जलवायू मण्डलमा भएको ठूलो परिवर्तनलाई बुझ्न सकिन्छ । जसको परिवर्तनले गर्दा मौसममा परिवर्तन भई वातावरणमा असर पुगेको स्पष्टै बुझ्न सकिन्छ । भौगोलिक दृष्टिले हाम्रो देशमा मौसम परिवर्तनका कारणबाट ठूलो क्षति पुग्ने गरेको पाइन्छ । वायुमण्डलमा परिवर्तनका कारण हुने गरेको प्रभावले मृत्यु हुने क्रम बढ्दै गएको पाइन्छ । अविरल वर्षाका कारण मर्नेको संख्या धेरै मात्रामा बढ्दै गएको छ । वैैशाख–जेठमा गर्मीका कारण मर्नेको संख्या पनि त्यत्ति नै मात्रामा बढ्ने गरेको पाइन्छ भने पुष–माघमा जाडोका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेकै हुन्छ । चिसो मौसमका कारण हिमाली जिल्ला सधैं प्रभावित बन्दै आइरहेको अवस्था छ भने साउन–भदौमा वर्षातले गर्दा पहाडी र तराई भूभागमा बाढीपहिरोको प्रभाव झेल्नु पर्ने अवस्था छ । बाढिपहिरोका कारण धेरैको धनजनको क्षति हुने गरेको छ । गत साल मात्र बाढीपहिरोबाट तराईका धेरै जनता पीडित बनेका थिए । सबैको गााँस बास र कपास बाढीले बगाएर लगेको थियो । यसवर्ष प िनगत वर्षको आतंक दोहोरिइएको छ । जनताको सुरक्षाको लागि कुन विकल्प अपनाउनु पर्ने हो भन्ने कुरामा जिम्मेवार सरकारी निकायले ध्यान पु¥याउने हो भने समस्या समाधानको सम्भावना अवश्य पनि भेटिने छ । तर सरकारको चासो त्यसतर्फ देखिदैन ।

हामी नेपालीको बानी यस्तै छ जति बेला यस्तो प्राकृतिक प्रकोप बढेर जान्छ अनि हामी सहयोगको लागि हात फैलाउने गर्दछौं । हामी प्राकृतिक विपत्तिको समस्या अन्त्य गर्न त सक्दैनौं तर पनि विपत्तिको सामना गर्न पूर्वतयारी गर्नसमेत त्यसतर्फ ध्यान दिँदैनौं । हरेक वर्ष झैं वर्खा हुन्छ, बाढी पहिरोले जनजीजवन प्रभावित पारेर तहस नहस पारेर जान्छ त्यसको रोकथामको बारेमा सोच्दै नासोची फेरि सहयोगको लागि हार गुहार गर्न थाल्ने बानीले यो समस्या वर्षैपिच्छे झेल्न बाध्य हुनुपर्ने अवस्था दोहोरिइरहेको छ ।

पहिरो र बाढीले थुप्रै सर्वसाधारणको अनाहकमा ज्यान लिने क्रम प्रत्येक वर्ष भइरहनु सरकारको निम्ति लज्जाजनक हो । सहानुभूतिका शब्दहरू प्रत्येक वर्ष सुन्ने गरिन्छ । बाढी पीडितहरूलाई प्रत्येक वर्ष सहयोग गरेको प्रचार गरिन्छ । यो वर्ष त झन कोशीको बाधँ खुलाउन र रौतहटको पानी निकास गराउन भारतलाई प्रधानमन्त्री र गृहमन्त्रीले अनुरोध गरेपछि खोलियो भन्नेजस्ता लाज लाग्ने प्रचार पनि सत्तापक्षबाटै गरियो । दीर्घकालीन समस्या समाधानका लागि पहल गर्नेतर्फ नसोचेर नाम कमाउने सोचाइबाट सरकारले प्रचारवाजीलाई प्राथमिकता दिनु कुनै कारणबाट पनि ठीक मान्न सकिन्न । सयौं सर्वसाधारण जनता बाढीबाट घाइते भएका छन् र हजारौं घरबारबिहिन भएका छन् । यही दृश्टान्तलाई देखाएर यस्तो स्थिति आगामी वर्षदेखि देख्न र भोग्न नपरोस् भन्ने सोचका साथ गर्नुपर्ने काम अर्कोवर्षको बाढी नआउँदै सम्पन्न गरिहाल्नु बुद्धिमानी हुनेछ । सरकार भनेको जनताको अभिभावक हो, जनताको अभिभावकले जनताको हित कसरी हन्छ भन्नेतर्फ समयमै ध्यान पु¥याउन आवश्यक हुन्छ ।

[email protected] – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here