हुम्ला जिल्लामा प्रथम पटक आन्द्राको प्वालको शल्यक्रिया

251

हुम्ला सर्केगाढ गाउँपालिका– ७ रोडिकोटका २२ वर्षीय सन्तोष छत्यालको आन्द्रामा प्वाल परेर संक्रमण भएको थियो । जिल्ला अस्पतालका चिकित्सकले आवश्यक जाँच गरे पश्चात थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा जान सुझाव दिनु भयो । तर, लगातार परेको वर्षातका कारण उनी चार दिनदेखि सिमिकोटमा नै बस्न बाध्य भयो ।

नेपालगन्ज र सुर्खेतबाट हवाइ सेवा नियमित हुन नसक्दा उनी थप उपचारका लागि जिल्ला बाहिर जान सकेका थिएनन्। छत्यालको समस्या थप जटिल बन्दै गएपछि जिल्ला अस्पतालमा रहेका डाक्टर तथा स्वास्थ्यकर्मीले सीमित स्रोतसाधनमा नै उनको जटिल उपचार गर्न सफल भयो ।

बिरामी छत्यालको जीवन बचाउन शल्यक्रिया आवश्यक थियो। बिरामी छत्यालका आफन्तले शल्यक्रिया गर्न मन्जुरी दिएपछि चिकित्सकले उनको आन्द्राको प्वालको सफल शल्यक्रिया गरेका हुन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा दुर्गा सुर्खालीका अनुसार छत्यालको पेट चिरेर शल्यक्रिया गर्दै प्वाललाई टालिएको हो। ‘उहाँको आन्द्राको भित्रपट्टि प्वाल परेको हुनाले दिसा लिक भएर पेटमा संक्रमण बढेको थियो,’ उनले भने, जिल्ला बाहिर जाने अवस्था नभएपछि उहाँको जीवन बचाउन सीमित स्रोतसाधनका बीचमा पनि विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो।’ उनको शल्यक्रियाको नेतृत्व एमडिजिपी डाक्टर सिद्धार्थ खातीले गरेका थिए। शल्यक्रिया गर्ने टोलीमा डा दुर्गा सुर्खाली, डा टासी लामा र सरिता बोहरा लगायत थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here