अर्घाखाँची / सितगंगा नगरपालिका-१४ बिक्रम बस्ने ४२ वर्षीय पुरुषलाई आफ्नै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरको अभियोगमा बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमलपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी, मुक्तिक्षेत्र गाउँपालिका-१ मुक्तिनाथ बजारमा ज्याला मजदुरी गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-२ बुर्तिबाङ घर भएका रमेश घर्ती मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई स्थानीय होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुक्तिनाथ मुस्ताङबाट खटिएको प्रहरीले रमेशलाई पक्राउ गरेको हो ।


















