जुवातास खेल्ने १६ पक्राउ

197

भक्तपुर– प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो ।

जुवाखालबाट प्रहरीले नगद र एक लाख ३३ हजार ३५० रूपैयाँ र ३४ लाख ३० हजारको विभिन्न बैंकहरुको ६ थान चेक, ६ बुक तास र जुवातास खेल्न प्रयोग गरिने विभिन्न सामानसहित १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

त्यस्तै भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद ६७ हजार ८५ रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ गरेको सबैलाई प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको पोखरेलले जनाए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here