पाकिस्तानमा आत्मघाती आक्रमणमा सात जनाको मृत्यु

33

एजेन्सी /  पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेको आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिवानी बन्दुकधारीले आज बिहान ७.४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो । सोही आक्रमणका क्रममा केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए ।

मृतक र घाइतेको उपचारका लागि स्थानीय अस्पतालमा राखिएकोमा त्यहाँ तालिबान समूहमा आबद्ध एक आत्मघाती महिलाले बम बिस्फोट गराउँदा अरु दुई जना प्रहरी र तीन सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुबै आक्रमणको जिम्मेवारी पाकिस्तानमा सक्रिय तालिबान समूहले लिएको छ ।

जिल्ला प्रहरी प्रमुख सलिम रियाजले तालिबानको आक्रमणमा ज्यान गुमाएका दुई प्रहरीको शव अस्पतालबाट बाहिर निकाल्ने क्रममा अस्पतालको प्रवेशद्वारमा अर्को आत्मघाती बिस्फोट गराइएको जनाए । उनले करिब २८ वर्षकी आत्मघाती महिला खाली खुट्टामा अस्पताल परिसरमा आएकी थिइन् ।

घाइतेहरुमा आठ जना प्रहरी र पाँच जना सर्वसाधारण रहेका छन् । तेहरिक–ए–तालिबान पाकिस्तानका प्रवक्ता मुहम्मद खुरासानीले स्थानीय सञ्चारमाध्यममा एक वक्तव्य पठाई घटनाको जिम्मेवारी लिएका छन् । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ ।

पछिल्ला वर्षमा पाकिस्तानको सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार भएता पनि साना स्तरका आक्रमणहरु भने जारी छन् । यी आक्रमणहरु प्रायः उत्तरपश्चिमी तथा अफगानिस्तानसँग सीमा जोडिएका आदिवासी इलाकाहरुमा हुने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here