नेपाली महिला भलिबल टिमद्धारा प्रशिक्षण शुरु

266

काठमाडौं / आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपालको महिला भलिबल टिमले तयारी शुरु गरेको छ । साउन १ गतेबाट महिला टिमले प्रशिक्षण शुरु गरेको हो। नेपाल भलिबल संघ (एनभीए) ले आफ्नै पहलमा २५ खेलाडीलाई विशेष प्रशिक्षणमा राखेको हो। गत चैत(बैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनका आधारमा सेलेक्सन कमिटीले २५ खेलाडी छनोट गरेको हो।

जगदिश भट्टले खेलाडीहरुलाई प्रशिक्षण गराइरहेका छन्। प्रशिक्षण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भइरहेको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्ड हलमा एक दिन प्रशिक्षण गरे पनि प्राविधिक कारण त्यहाँबाट राखेपको हलमा सर्नु परेको संघले जनाएको छ। राखेपको कभर्ड हलभित्र मर्मत कार्य भइरहेपनि अन्य विकल्प नभएकोले महिला भलिबल टोली त्यही प्रशिक्षण गर्न बाध्य भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here