काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
ओलीले सोमबार ट्विट गर्दै भनेका छन्, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्व, प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा ख्यातिप्राप्त साहित्यकार बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा स्वर्गीय कोइरालाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । समृद्ध नेपाल निर्माण अभियानमा अग्रसर हुन यस अवसरमा सबैलाई आह्वान गर्दछु ।’



















