शान्ति समाजको राष्ट्रीय परीषद बैठक दाङमा गर्ने निर्णय

272

शरद रेग्मी
दाङ / मानव अधिकार तथा शान्ति समाज नेपालले आफ्नो राष्ट्रिय परीषद बैठक दाङमा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिले राष्ट्रिय परीषद बैठक आगामी मंसिर २७ र २८ गते दाङमा गर्ने निर्णय गरे संगै दाङ शाखाले आज बैठक गरी केन्द्रिय कार्यसमितिलाइ धन्यवाद ज्ञापन गरेको छ ।

शान्ति समाज दाङका सभापती शरद रेग्मीको अध्यक्षतामा वसेको बैठकले राष्ट्रिय परीषद बैठक दाङमा गर्ने अवसर प्राप्त भएकोमा केन्द्रिय कार्यसमितिलाइ आभार समेत प्रकट गरेको छ । बैठकले राष्ट्रिय परीषद बैठकले दाङ सहित यस क्षेत्रको प्रयटन प्रबद्र्धन,शान्ति स्थापना तथा बिकासमा महत्वपुर्ण टेवा पुग्ने शान्ति समाज दाङले अपेक्षा गरेको छ ।
दाङमा हुने शान्ति सम्मेलन र राष्ट्रिय परीषद बैठक सम्पन्न गर्न विभिन्न उप समिति गठन जिल्लाका सरोकार वाला संगको भेटघाट र छलफललाइ अगाडी बढाउने तयारी भैरहेको सभापती रेग्मीले जानकारी दिनु भयो ।

साथै बैठकले श्रावण १० गते शुक्रवार तुलसीपुरको हिमाल एकाडेमीमा लागु पदार्थ दुर्वेशनी तथा सचेतना अभियान संचालन गर्ने निर्णय गरेको छ । बैठकले श्रावणको १८ गते शनिवार तुलसीपुर स्थीत रिपोटर्स क्लवको सभाहलमा एक दिने मानव अधिकार सम्वन्धि अभिमुखीकरण तालिमको आयोजना गर्ने निर्णय गरेको छ । तालिममा अनिवार्य रुपमा सहभागी भै दिनका लागी शान्ति समाजका सम्पुर्ण सदस्यहरु तथा आजिवन सदस्यहरुलाइ अनुरोध गरिएको छ ।

तालिमलाइ थप ब्यवस्थीत गर्नका लागी कोषाध्यक्ष अमृत काजी शर्मालाइ जिम्मेवारी दिइएको छ । त्यसै गरी बैठकले दाङ शाखाको साधारण सभा भदौ ७ गते शनिवार तुलसीपुरमा गर्ने निर्णय समेत गरियको सचिव निर्मला योगीले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here