राजपाको संयोजकमा राजकिशोर यादव

620

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हालेका छन्।

राजपाको आइतबार जनकपुरमा बसेको बैठकले यादवलाई सोमबार देखि संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो। यसअघि अनिलकुमार झा संयोजक थिए।

राजपा यसअघि तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेस सद्वावाना पार्टी, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) र राष्ट्रिय मधेस समाजवादी पार्टी एकीकृत भएरमिलेर गठन भएको हो।

पार्टीको महाधिवेशन नभइन्जेलसम्म नेतृत्व आलोपालो प्रणालीमा हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here