पशुपतिमा यस्तो चहलपहल,बिहानदेखि भक्तजनको घुइँचो

471

 काठमाडौं /  भगवान् शिवको प्रिय महिना साउन । साउनको पहिलो सोमबार आज शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा  पशुपतिनाथ मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । बिहानै भक्तजन पूजा एवं दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Image may contain: 2 people, including थिङ ज्ञानुआराध्यदेव पशुपतिनाथ, महोत्तरीको जलेश्वर, दोलखाको भीमेश्वर, पर्साको पारसनाथ, पनौतीको भालेश्वर, डडेल्धुराको भाग्येश्वर, सप्तरीको भजनेश्वर, कैलालीको बेडाबाबा र रुपन्देहीको मनौरी महादेवलगायतका शिवालयमा साउन महिनाभर नै महादेवको विशेष उपासना गर्न श्रद्धाजुहरूको ठूलो भीड लाग्छ ।

साउने सोमबारका दिन सबैभन्दा बढी श्रद्धालु आउने पशुपतिनाथमा नै हो । यो दिनका लागि विशेष तयारी गरेको पशुपति विकास कोषले जनाएको छ । कोषका अनुसार सोमबार बिहान ३ः३० मा नै दर्शनार्थीका लागि मन्दिरको ढोका खुला गरिने भएको छ ।

Image may contain: one or more people and outdoorपशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।

साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here