संसारभर ५ हजार ३४५ काेराेना संक्रमितको मृत्यु

149
काठमाडौं – पछिल्लो २४ घण्टामा संसारमा  ५ हजार ३४५ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा करिब एकसयले धेरै हो ।  अघिल्लो २४ घण्टामा ५ हजार २३२ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  

संसारका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ६७ हजार १५८ जनाको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या २ करोड १५ लाख ४९ हजार ७०६ पुगेको छ ।

कोरोना संक्रमितको संख्या विश्वमा २ करोड १५ लाख नाघेको छ भने संसारभर  कोरोना संक्रमितको संख्या २ करोड १५ लाख ४९ हजार ७०६ पुगेको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ६७ हजार १५८ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here