बनेपा । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक वृत्तमा मात्र नभई जनस्तरमै पनि कसले चुनावी बाजी मार्छन् भन्ने आँकलन सुरु गर्न थालिएको छ । बनेपा नगरपालिका वडा न. ७ को वडाध्यक्षको रुपमा समाजसेवि इमान्दार तथा कर्मठ सफल युवा ब्यावसायी रवि भक्त श्रेष्ठले आफ्ना प्रतिबद्धताहरु वडाबासि समक्ष सार्बजनिक गरेका छन्।
वडाध्यक्षका उम्मेदवार श्रेष्ठले आफू सँग विकास र समृद्धिको वृहत्तर योजना रहेको र वडाध्यक्षमा विजयी भई वडाको विकासको नेतृत्व गर्न चाहेको बताउँदै आएका छन् । विकास प्रतिको आफ्नो भिजनलाई व्यवहारमा ढालेर वडालाई एउटा नमुना वडाको रुपमा विकास गर्ने आफ्नो योजनालाई साकार पार्न हलो चिन्हमा मतदान गर्न आम मतदातालाई अनुरोध गरिरहेका छन् । श्रेष्ठको चुनावी प्रचार प्रसार अभियानमा राप्रपा र युवाहरु एक ढिक्का भएर लागिपरेका छन् । उनको प्रतिबद्धताहरु यस प्रकार छन्।
म रबि भक्त श्रेष्ठ बनेपा नगरपालिका वडा न. ७ को राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फ बाट वडाध्यक्ष पदको उम्मेद्वार वडाबासिहरु समक्ष आफ्ना प्रतिबद्धता लिएर आएको छु ।
१. वडाको सर सफाइमा बिसेष ध्यान दिने र हराभरा वडा निर्माण गर्ने।
२. वडाबासिको वडा बाट हुने सम्पूर्ण काम घरदैलो बाट छिटो छरितो गर्ने ब्यबस्था मिलाउने।
३. आर्थिक स्थिति कम्जोर भएको ५०० घरपरिवारलाइ ३० युनिट सम्म बिजुली निशुल्क ब्यबस्था गर्ने।
४. कक्षा १२ सम्म निःशुल्क शिक्षाको ब्यबस्था गर्ने।
५. वडा न. ७ को राजमार्ग क्षेत्रमा पार्किङ्गको उचित ब्यबस्थापन गर्दै उक्त क्षेत्रलाइ सफा राख्ने।
६.गौरवपूर्ण इतिहास, धर्म, सम्पदा, संस्कृतिको संरक्षण गर्दै पर्यटकिय क्षेत्र निर्माण गर्ने।
७. १ घर एक रोजागर र शिपलाइ प्राथमिकताको साथ पहल गर्ने।
८.वडाबासीको सुरक्षालाइ मध्यनजर गर्दै सिसि टिभिहरु जडान गरिने।
९.वडा न. ७ को धेरै भन्दा धेरै सार्बजनिक स्थलमा फ्री वाई फाईको ब्यबस्था गरिने।
१०. हरेक महिना निशुल्क स्वास्थ्य शिबिर राखिने र टोल टोलमा रक्तदान जिबनदान कार्यक्रमहरु संचालन गर्ने।
११. बृदाभत्ता घरदैलोमा नै सहजरुपमा वितरण गरिने।
१२. खेलकुदलाइ प्राथमिकतामा राखेर बृहत्तर खेलकुदको बिकाश गरिने।
१३. वडाबासिको आबश्यकता र माग अनुसार खानेपानी, सडक, खेलकुद मैदान, शिक्षा स्वास्थ्य लगायतका अति आबश्यक क्षेत्रलाइ बिसेष प्राथमिकतामा राखी सडक पेटी र सार्बजनिक क्षेत्रमा बत्तिको उचित ब्यबस्थापन गर्दै युवाहरुलाई योग्यता अनुसारको रोजगारी सिर्जना गर्ने।
१४. भूमिहीन सुकुम्बासी, आर्थिक स्थिति कमजोर भएका परिवार र दलित परिवारलाई उच्च प्राथमिकतामा राखी उचित ब्यबस्थापन गर्दै आत्मनिर्भरको रोजगारी ब्यबस्थापन गर्ने।


















