विश्व हिन्दू परिषद् नेपालद्वारा अलौकीक कन्यापूजन समारोह सम्पन्न

112

 

जनकपुरधाम । श्री जानकी नवमीको पावन अवसरमा विश्व हिन्दू परिषद् नेपालले देशका विभिन्न स्थानहरुमा अलौकीक कन्यापूजन समारोह सम्पन्न गरेको छ । परिषद्ले विगतका वर्ष झै यस वर्ष पनि धनुषा, पर्सा, नवलपरासी लगायतका जिल्लाहरुमा अलौकीक कन्यापूजन समारोहको आयोजना गरेको छ ।

मंगलवार जनकपुरधाम–७ स्थित जानकी पतञ्जली योग साधना केन्द्रको प्राङ्गणमा आयोजित समारोहमा २५४ कन्याहरु (बालिका) को सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय संगठन मन्त्री श्री प्रल्हाद रेग्मी, विशिष्ट अतिथि प्रद्युम्न उपाध्याय, अतिथिहरु– पवन ठाकुर, सत्यनाराण ठाकुर, ओम प्रकाश सर्राफ, इ.प्रकाशचन्द्र साह, अंकेश्वर यादव, मनोहर साह एवं जिल्ला समतिका पदाधिकारी, कार्यकर्ता सहित स्थानीयवासीहरु समेतको उत्साहपूर्ण सहभागिता रहेको थियो । 

 

कार्यक्रममा विवाह पञ्चमीको अवसरमा परिषदद्वारा आयोजित सामूहिक विवाह समारोहमा ११ कन्याको कन्यादान गर्नुहुने काठमाण्डौ निवासी श्री सुनिल कुमार अग्रवाल लगायतका सहयोगीहरुको सम्मान समेत गरिएको थियो ।

विश्व हिन्दू परिषद नेपालद्वारा आयोजित अलौकिक कन्या पूजन समारोहको मुख्य उद्देश्य समाजमा व्याप्त महिला हिँसा, भ्रुण हत्या एवं दाईजो प्रथा जस्ता कुरितीहरु उन्मूलन गरी समरस एवं सभ्य समाज निर्माण गर्नु रहेको छ । राष्ट्र, धर्म र समाजहीतका लागि विश्व हिन्दू परिषद नेपालले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने परिषदका एक अधिकारीले जानकारी दिनु भयो ।

राजाराम दास,

फोटो फ़ीचर :

 

 

 

 

 

 


 

 

 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here